६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

१८ पुष २०७९, सोमबार ०९:१६

पुस १८, काठमाडौँ | पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।


पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाएका हुन् । 

कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाए । बलिङतर्फ काठमाडौँका कमल ऐरीले तीन विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । काठमाडौँका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए । त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए । काठमाडौँलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । 

यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो छ । त्यस्तै छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौँ ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का