2026-08-24 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब अचानक टियु ग्राउन्डमा देखिए सन्दीप

माघ ९, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछाने गत साता टियुको क्रिकेट ग्राउन्डमा देखिए । उनले त्यहाँ बलिङ र ब्याटिङ गरेका तस्बिरहरू सामाजिक सञ्जालमा आएका छन् ।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अगाडि मात्रै पाटन उच्च अदालतको आदेशमा २० लाख धरौटीमा रिहा भएका थिए । तर, क्यानले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छैन । उनको निलम्बन फुकुवा गरी राष्ट्रिय टिममा फर्काउनबारे क्यान अनिर्णीत छ । सन्दीप चाहिँ अदालतले आफूलाई क्रिकेट खोल्न नरोकेको भन्दै तत्काल पुनरागमन गर्न पाउनुपर्ने पक्षमा छन् ।

यता, क्यानले आगामी महिना हुने आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणको तयारी गरिरहँदा सन्दीप मैदानमा देखिएका थिए । त्यसैले क्रिकेट प्रेमीहरुबीच उनी पनि बन्द प्रशिक्षणमा समावेश हुने अनुमान तीव्र बनेको छ । यद्यपि, त्यसको भोलिपल्टबाट सन्दीप फेरि मैदानमा आएका छैनन् । उसो भए एक दिनका लागि मात्रै सन्दीप किन अभ्यास गर्न पुगे त ?

यस विषयमा हामीले बुझ्दा गत बिहीबार सन्दीप अभ्यास गर्नकै लागि क्यानका अध्यक्ष चतुर बहादुर चन्दसँग समेत सल्लाह गरेर मैदान पुगेका थिए । तर, त्यहाँ उनले सिनियर खेलाडीहरूसँग भने अभ्यास गर्न भने पाएनन् । उनी मैदानमा पुग्दा यू–१९ र सिनियर टिमको ‘प्राक्टिस म्याच’ भइरहेको थियो । त्यसबेला यू–१९ टिमका केही खेलाडी नेटमा प्राक्टिस गरिरहेका थिए । क्रिकेटको तिर्खा लागेका सन्दीपले आग्रह गरेपछि उनलाई केही बल फ्याँक्न दिइएको एक ग्राउन्ड स्टाफले बताएका छन् ।

‘उहाँले दुई चार बल फ्याँक्नुभयो र केहीबेर ब्याट पनि चलाउनु भयो,’ ती स्टाफले भने, ‘त्यसपछि भने अहिलेसम्म आउनुभएको छैन ।’

स्रोतका अनुसार त्यही दिन क्यानका अध्यक्ष चन्दले सन्दीपलाई भेटेका थिए । त्यसबेला टिममा पुनरागमनका विषयमा छलफल भएको थियो । तर, अध्यक्ष चन्दले ठोस जवाफ दिन सकेनन् । त्यसले सन्दीप अलिक निराश भएर फर्किए । लगत्तै उनले आफ्नो ट्विटरमा बायो परिवर्तन गर्दै ‘एन्ड दी स्टोरी इन्ड्स हियर’ (कथा यहाँ अन्त्य हुन्छ) लेखेका थिए । सो बायोले सन्दीप क्रिकेटबाट सधैँका लागि पलायन हुने मनस्थितिमा पुगेका हुन् कि भनेर फ्यानहरू चिन्तामा छन् ।

क्यान अध्यक्ष भन्छन्- निर्णय लिएका छैनौँ

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गर्ने वा नगर्नेबारे निर्णय लिई नसकेको बताए । खेलकुद परिषद् लगायतका सरोकारवाला निकायहरूसँग आफूहरूले राय लिइरहेको उनको भनाइ छ ।

‘तत्काल खेल्न पाउने वा नपाउने विषयमा दुई किसिमका कुराहरू आइरहेका छन् । हामी कानूनी परामर्शमै छौँ,’ उनले भने । नेपालले फेब्रुअरीमा खेल्ने त्रिकोणात्मक सिरिजका लागि एक–दुई दिनमा टिम घोषणा गर्ने उनले बताए । त्यसअघि राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन