2026-06-29 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एम्बाप्पेको पाँच गोलमा पीएसजीको सानदार जित

माघ १०, काठमाडौँ | केलियन एम्बाप्पे एक्लैले पाँच गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले  कासेललाई ७–० गोल अन्तरले हराएको छ |

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लोस सोलेरले एक–एक गोल गरे । पीएसजीका लागि एम्बाप्पेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता ३–० को बनाए ।


खेलको ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । एमबाप्पेले खेलको ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० गोलको अग्रता दिलाए । कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाए ।भने  खेलको ७९ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई ७–० गोलको जित दिलाए । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।


सोमबार राति भएको छैटौं श्रेणीको खेलमा पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी