2026-11-02 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल खेलमा पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हाे ह्वाइट कार्ड?

माघ १२, काठमाडौँ | फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्।

सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको हो। हाफ टाइमभन्दा ठिक अघि बेन्फिका ३-० ले अघि रहेको थियो। त्यही समयमा रेफ्रीले ह्वाइट कार्ड देखाउने निर्णय गरेका थिए। कार्ड निकाल्नासाथ स्टेडियममा उपस्थित दर्शकले रेफ्रीका लागि ताली पड्काएर सम्मान गरेका थिए।

के हो व्ह्वाइट कार्डको मतलब?

पोर्चुगलले नेसनल प्लान फर इथिक्स एन्ड स्पोर्टस् (पिएनइडी) ले एक नयाँ योजना अघि सारेको छ। यसको अर्थ ह्वाइट कार्ड फेयर प्लेका लागि दिइन्छ।

पोर्चुगलको फुटबल फेडेरेसनले पायलट प्रोजेक्टको सुरु गरेको हो। जब दुई टिम आपसमा खेल भावनाका साथ खेल्नेछन् तब रेफ्रीले ह्वाइट कार्ड देखाउन सक्ने छन्।

किन पर्‍याे ह्वाइट कार्डको जरुरी?

बेन्फिका र स्पोर्टिङ लिस्बनको बीच भएको खेलको दौरान उपस्थित एक समर्थक बिमारी भएर बेहोस भएका थिए। स्थिति सम्हाल्नका लागि दुवै तर्फका मेडिकल टिम समर्थक भएको ठाउँमा पुगेका थिए।

उनीहरूले समर्थकलाई त्यही मेडिकल ट्रिटमेन्ट दिएका थिए। मेडिकलको तारिफमा रेफ्रीले सेतो कार्ड देखाएका हुन्। जसले ठूलो मात्रामा समर्थकको मन जित्न सफल रह्यो। उक्त खेलमा बेन्फिकाले ५-० को जित निकाल्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द