2026-09-21 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एट्लेटिको मड्रिडलाई हराउँदै रियल कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

माघ १३, काठमाडौं | रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले एक–एक गोल गरे । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले बनाएको थियो । खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । रियलका लागि रोड्रिगोले खेलको ७९ औं मिनेटमा गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए ।

खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा रियलका लागि खेलको ९९औं मिनेटमा एट्लेटिको मड्रिडका स्टेफन साभिचले रातो कार्ड खाँदा टिम १० खेलाडीमा समेटिएको थियो ।

खेलको १०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो