2026-09-21 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानले गर्‍यो राष्ट्रिय टिमका खेलाडीको वर्गीकरण : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

माघ १८, काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ ।

मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’मा ५ खेलाडी ग्रेड ‘बी’ मा, ३ र ग्रेड सी मा १० खेलाडी रहेका छन् । ग्रेड ‘ए’मा रहेका खेलाडीले ६० हजार, ‘बी’ मा रहेका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार प्राप्त गर्नेछन् ।

यसअघि ग्रेड ए मा रहेका ज्ञानेन्द्र मल्ल ग्रेड बी मा परेका छन् । सी मा रहेका रोहित पौडेल ए मा परेका छन् ।

क्यानले शरद भेषावकर, विक्रम शोव, साशब आलम सुसन भारी र पवन सर्राफलाई कन्ट्याकबाट हटाउँदै गुल्सन झा, अर्जुन साउद, ललित नारायण राजवंशी, देव खनाल र सागर ढकाललाई कन्ट्याकमा समावेश गरेको छ ।

सेन्ट्रल कन्ट्याक अनुसार कुन खेलाडी कुन ग्र्रेडमा छन् ?

ग्रेड एः रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख

ग्रेड बीः आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल

ग्रेड सीः कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव

महिलातर्फ ग्रेड ए का खेलाडीले २१ हजार, ग्रेड बी का खेलाडीले १८ हजार र सी ग्रेडका खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।

महिला तफ‘ए’ ग्रेडमाः रुविना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा

ग्रेड ‘बी’ माः काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य

ग्रेड ‘सी’ मा ः कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योती पाण्डे, र अप्सरी बेगम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो