काठमाडौँ | काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी क्षेत्रमा रुचि राख्ने युवाहरूका लागि विशेष तालिमहरू नि:शुल्क प्रदान गरिरहेको छ।
अग्नि टेक्निकल इन्स्टिच्युट अन्तर्गत सञ्चालनमा रहेको इग्नाइट लर्निङ ल्याबले ‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने नारासहित लक्जरी हस्पिटालिटी, फुड एन्ड बेभरेज र बार ट्रेनिङजस्ता व्यावसायिक कोर्समार्फत युवा पुस्तालाई सीप विकासमा सहयोग पुर्याउँदै आएको छ।
उक्त तालिम अन्तर्गत ‘फुड एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्स्पेरियन्स’, ‘मेनु तथा टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरेन्ट अपरेसन’, ‘मिक्सोलोजी तथा ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेटअप र इन्भेन्टरी कन्ट्रोल’, साथै ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ लगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन्।
इग्नाइटले सहभागीहरूलाई दक्ष र अनुभवी प्रशिक्षकमार्फत प्रत्यक्ष डेमोका आधारमा तालिम दिने व्यवस्था गरेको छ। साथै, तालिमपश्चात नि:शुल्क मेन्टरिङ सेवा र इन्टर्नसिप प्लेसमेन्टको सुनिश्चितता पनि उपलब्ध गराइएको छ।
जेठ ७ गतेदेखि सुरु भएको यो मेला ३० दिनसम्म सञ्चालन हुनेछ भने हालसम्म १६ सयभन्दा बढी युवाहरूले इग्नाइट लर्निङ ल्याबद्वारा सञ्चालित तालिममा सहभागिता जनाइसकेका छन्।