३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

१२ असार २०८२, बिहीबार १४:१५

काठमाडौँ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो ।

कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी यो ट्युबवेल निर्माण गरिएको हो । नवलपरासीमा १७ ट्युबवेल निर्माण गरिएको छ । गैँडाकोटमा पाँच, देवचुलीमा एउटा, कावासोतीमा चार, मध्यबिन्दु नगरपालिमा तीन र विनयी त्रिवेणी गाउँपालिकामा चार ट्युबवेल निर्माण गरिएको छ ।

यस्तै, चितवनमा भरतपुर महानगरपालिकामा १५, माडी नगरपालिकामा पाँच, रत्ननगर नगरपालिकामा दुई, कालिका नगरपालिकामा एउटा र राप्ती नगरपालिकामा पाँच गरी २८ ट्युबवेल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुरको हेटौँडा नगरपालिकामा एउटा र बागमती गाउँपालिकामा एउटा ट्युबवेल निर्माण गरिएको छ । बकैया गाउँपालिकामा एउटा लिफ्ट गरी मकवानपुरमा तीन लिफ्ट एवं ट्युबवेल निर्माण गरिएको केसीले जानकारी दिनुभयो ।

विसं २०७६ मा भरतपुरमा स्थापना भएको यस कार्यालयले विसं २०७७ बाट चितवनमा ट्युबवेल निर्माण थालिएको हो । केसीका अनुसार हालसम्म चितवनमा १०० हाराहारी ट्युबवेल निर्माण गरिसकिएका छन् । आव २०७९/८० बाट मकवानपुरमा र २०८०/८१ बाट नवलपरासीमा ट्युबवेल निर्माण थालिएको हो ।

उहाँका अनुसार एउटा ट्युबवेल निर्माण गर्न ठाउँअनुसार रु ६५ लाख हाराहारी खर्च हुने गर्दछ । चालु आर्थिक वर्षमा ट्युबवेल, लिफ्ट निर्माण र मर्मतका लागि रु ३७ करोड बजेट विनियोजन भएको थियो । त्यसबाट ट्युबवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाइपलाइन विस्तार) गरिएको हो । यस आर्थिक वर्षमा रु एक करोड मर्मतका लागि बजेट निकासा भई खर्च गरिएको उहाँले जानकारी दिनुभयो । ठाउँअनुसार एउटा ट्युबवेलले ६० बिघासम्म सिँचाइ हुने गरेको छ । कतिपय ठाउँमा थोरै क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ । यस वर्ष जडान गरिएका ट्युबवेलबाट एक हजार बिघा हाराहारी थप सिँचाइ पुगेको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु