९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरका खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

३ मंसिर २०७३, शुक्रबार ११:५४

मङ्सिर ३, ललितपुर । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले दूध, मसला, खुर्सानी लगायत खाद्यान्न म्याद सकिएको पाइएको बताउनुभयो । 

अनुगमन टोलीले कार्यविनायक–१ मा रहेको एस मिनीस्टोरमा बेच्न राखिएको दूध म्याद नाघेको पाएकाले सोही स्थानमा नष्ट गरेको छ । खुर्सानीको धुलो, बेसार, मसला लगायत खाद्यान्नमा भने लेबल नभएको पाइएको छ । 

कार्यविनायक–३ को गुप्ता स्टोरले बेच्न राखेको म्याद नाघेका पाउरोटी टोलीले नष्ट गरेको छ । त्यस्तै दुनोट, मकैको पिठोलगायत खाद्यान्नमा लेबल नभएको पाइएको छ । 

टोलीले अरु खाद्यान्न पसलमा समेत अनुगमन गरेको थियो । टोलीले ठूला गल्ती नपाइएका खाद्यान्न पसललाई लेबल भएका सामान मात्रै किन्न र बेच्न निर्देशन दिएको छ । 

पहिलेभन्दा खाद्यान्न पसल सुधार हुँदै गएको पाइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,– पहिलेभन्दा पछिल्ला दिनमा खाद्यान्न पसल सजग हुँदै गएको हामीले पाएका छौँ, पहिले नगरका भित्री भागमा मात्रै अनुगमन केन्द्रित भए पनि पछिल्लो समयमा नगरोन्मुख ठाउँमा समेत हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो