2026-10-02 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद

काठमाडौँ | तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

कार्तिक १३ जापान उड्ने विषय उनकै मन्त्रालयलाई समेत जानकारीमा आएको थिएन । जापानको एक कार्यक्रमको निमन्त्रण पत्र मन्त्रालयका कर्मचारी देखाउँदै जापान जान सकिने बताएका मन्त्री अधिकारी अन्ततः आफ्नै मन्त्री पदबाट बाहिरिनु परेको हो ।

आन्तरिक मामिला मन्त्रालयका कानुन उपसचिव विश्वदीप बेस्राका अनुसार सुरुमा मन्त्री अधिकारीलाई तिहारको अन्तिम समयमा विदेश भ्रमणमा नजान अनुरोध गरिएको थियो ।

बेस्राले भने, ‘मन्त्री अधिकारी काठमाडौंबाट फर्कनेमा विश्वस्त हुनुहुन्थ्यो । तर अन्तिम समयमा के भयो, काठमाडौंबाट एकाएक जापान पुग्नुभएको थियो । उहाँले जसले निमन्त्रणा गरेको थियो त्यसबारे मन्त्रालयलाई औपचारिक जानकारी भने थिएन । उहाँले बिदा सुरु भएको अवस्था सोचेर त्यसबारे गम्भीर हुनु भएन कि?’

कानुन उपसचिव बेस्राका अनुसार अधिकारीसँगै कार्तिक १३ गते जापान पुगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका जनक राईले बोकेको मन्त्रालयको परिचयपत्रसमेत नक्कली रहेको छ ।

अधिकारीसँगै जापान पुगेका तीनजनालाई जापानको अध्यागमनले डिपोट गरेको थियो । यसक्रममा उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको बताइएको छ । तर, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हवीन्द्र बोगटीले उक्त मुद्दा सिआइबीले नहेरेको र आफूलाई जानकारी नभएको बताए ।

डिपोट भएर फर्किएकाहरुको बयानसँगै नुवाकोटका जुगल रिजाल, दोलखाका बीरबहादुर र धादिङका महेश पाण्डेलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुको कागजात पत्र रिजाल, वीरबहादुर र पाण्डेले बनाइदिएको खुलेको छ ।

तिहारको पूर्वसन्ध्यामा अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोनमार्फत जानकारी गराएको बताइएको छ । तर, मुख्यमन्त्री कार्कीले प्रक्रिया नपुर्याई नजान सुझाव दिएका थिए ।

घटना सार्वजनिक भइसकेपछि मन्त्री अधिकारीले बुधबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी, उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेर आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने