२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल

७ मंसिर २०८१, शुक्रबार १७:१२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले महाकाली सन्धिको नाममा पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा पार्टीलाई बदनाम गर्ने कोशिस मात्र नभई विभाजित गर्ने समेत प्रयास भएको बताएका हुन् ।

उनले भने, ‘पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि बास्तवमा नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका रुपमा एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोशिस मात्र भएन मात्र हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो ।’

उनले एमालेका पार्टीलाई समाप्त पार्न प्रयास भएता पनि कार्यकर्ताले पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भएको बताए ।
उनले भने,‘तर यही कार्यकर्ता पंक्तिजसले पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर राष्ट्रको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने