३ बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा चार जनाको मृत्यु

१८ पुष २०८१, बिहीबार १२:१९

भोजपुर | षडानन्द गाउँपालिका-१२ याङपाङस्थित सडकमा को.२ त ८७२० नम्बरको ट्याक्टरबाट लडेर अरूण गाउँपालिका-१ मेहेनपुर बस्ने ४८ वर्षीया धन कुमारी राईको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, मायादेवी गाउँपालिका-५ गोनाहास्थित सडकमा लु.३ च २२०९ नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय नरभदेश्वर दुवेको मृत्यु भएको छ । बुधबार बिहान पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा मधेश प्र.०२-००६ प १५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पिपराडी टोल बस्ने ३५ वर्षीय सिकिन्द्र यादव र मोटरसाइकलमा सवार ३२ वर्षीय नन्दलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सकिन्द्रको प्रादेशिक अस्पतालमा र नन्दलालको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादीको ध्यानाकर्षण तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित ९ भारतीय पक्राउ ९ महिनासम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाए नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिए ताप्लेजुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पठाउने व्यक्ति मानसिक रूपमाा बिरामी रहेको मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजविरुद्ध जबरजस्ती करणी आरोपमा पक्राउ पुर्जी जारी शेयर बजार सात अङ्कले बढेर दुई हजार सात सयको विन्दु नजिक विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परे सामाजिक सुरक्षा कोषले दिन थाल्यो योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्याेपचार सुविधा गगनकुमार थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिए बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरीलाई महानगरले गर्यो कारबाही काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिरायो जमुनाह नाकामा कडाइ शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो : शिक्षा मन्त्री विद्या भट्टराई