२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन

२०८१, २१ पुष आईतवार १६:३८

काठमाडौँ | सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ ।

संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार, आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएका हुन् । हेलिकोप्टर उडानले वातावरण तथा निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै पुस १७ देखि उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको हो । यसैलाई सञ्चालन गर्न शुक्रबार गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित सरोकारवालाहरूको बैठक बसेको थियो । उक्त बैठकले प्रमुख जिल्ला अधिकारीलाई समस्या हल गर्न निर्देशन दिएको थियो ।

यसैबीच स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘यो निर्णयबाट यात्रु महानुभाव तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ,’ उपाध्यक्ष पाण्डेले विज्ञप्तिमा लेखेका छन् । जनवरी १ तारिखदेखि उनीहरूले त्यस क्षेत्रमा आपत‍्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ