हेटौंडा | सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हेटौंडाले एक युवकलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका—१४ की १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय आशिष मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । घरमै बसिरहेकी किशोरीलाई बलात्कार गरेर मगर फरार भएका थिए ।
आरोपीलाई प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।