२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकको ताला फुटाएर चोरी गर्न भित्र छिरेका एक युवक पक्राउ

१३ माघ २०८१, आईतवार १२:०५

दाङ । दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी प्रयास गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

तुलसीपुर प्रहरीका अनुसार चौधरीलाई आइतबार बिहान २ बजे तुलसीपुर उपमहानगरपालिका–५, बिपी चोकस्थित एनएमबी बैंकको शाखाभित्रैबाट पक्राउ गरिएको हो ।

बैंकमा मध्यरातमा एक व्यक्ति प्रवेश गरेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो।

चौधरी बैंकको ताला फुटाएरभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । बैंकभित्र छिरेका उनको साथबाट हथौडा, छिनो, ह्याक्सो लगायतका उपकरणहरू फेला परेको प्रहरीले जनाएको छ । उनी स्कुटर चढेर गएका थिए । उनले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बैंकमा रातिको समयमा सुरक्षा गार्ड नराखिएकाले चौधरीले त्यसको फाइदा उठाउन खोजेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने