७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अवैध बसेको १६ नेपाली कामदार पक्राउ

१३ माघ २०८१, आईतवार १५:३४

काठमाडौँ | मलेसियामा अवैध रुपमा बसेका १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको बुकित बिन्ताङमा अवस्थित जालान अलोर आसपास गरेको धरपकडमा नेपालीसहित १ सय ७६ जना अवैधानिक विदेशी कामदार पक्राउ गरेका छन्।

अध्यागमनका अनुसार ७१ जना बंगलादेशी, ६० जना म्यानमारका, २४ इन्डोनेसियाली, ३ जना पाकिस्तानी तथा १–१ जना इजिप्सियन र सुडानी पक्राउ परेका हुन्।

मलेसियास्थित नेपाली दूतावासका अनुसार उक्त धरपकडमा १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमनले पछिल्लो समय अध्यागमन कानुन मिचेर बसेका विदेशी कामदारविरुद्ध धरपकड तीव्र परेको छ।

मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदार पक्राउ परेमा कम्तीमा पनि ३ महिना जेल सजाय र १० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सन् २०२४ को जुन ३० तारिकसम्म ‘रिक्यालिब्रेसन २.०’ कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा सहभागी नभई बसेका अवैध कामदारमाथि अहिले धरपकड भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी