७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस र ट्रक एक आपसमा ठोक्किँदा सुर्खेतमा १ जनाको मृत्यु, ६ जना घाइते

१७ माघ २०८१, बिहीबार १७:४२

सुर्खेत | सुर्खेतमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक समेत रहेका दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

दुर्घटनामा घाइते उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।

बाँकी ६ जनामध्ये केहीको प्रदेश अस्पताल कालागाउँ र केहीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी