२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोन्टी देसाईको बिदाइ सन्देश– यो बिदाइ होइन, धन्यवाद हो

२० माघ २०८१, आईतवार १५:२६

काठमाडौँ | नेपाल क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक मोन्टी देसाईले जिम्मेवारीबाट अलग भएका छन् । जिम्मेवारीमुक्त भएपछि उनले आइतबार सामाजिक सञ्चालमार्फत एउटा बिदाइ सन्देश लेखेका छन् ।

उनले नेपाली खेलाडी, सहयोगी, समर्थक, नेपाल क्रिकेट संघ (क्यान) र आमनागरिकलाई सम्बोधन गरेर लामो बिदाइ सन्देश लेखेका छन् ।

उनले बिदाइ सन्देशमा यो बिदाइ नभएको बरु धन्यवाद भएको बताए । “नेपाल मेरो घरजस्तो भएको छ । यहाँको क्रिकेट खेलमात्र होइन, यो एक भावना हो, जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !,” उनले भनेका छन् ।

शनिबारमात्रै क्यानले देसाईसँगको सम्झौता अवधि (दुई वर्ष) पूरा भएको जनाउँदै अब नवीकरण नगर्ने जनाएको थियो ।

यस्तो छ देसाईको बिदाइ सन्देश

प्रिय नेपाल,

यो बिदाइ होइन, तर एक हार्दिक धन्यवाद हो ! जनवरी १०, २०२३ मा मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालें । अज्ञातको सामना गर्दै उत्साह र उद्देश्यका साथ, नेपाल क्रिकेटमा दीर्घकालीन प्रभाव छोड्ने एउटा कथा बनाउने आशा गर्दै ।

यी दुई वर्ष अविस्मरणीय थिए, प्रिय क्षणहरू र साझेदारी गरिएको कोशेढुंगाहरूले भरिएका । त्रिवि मैदानमा एशिया कप छनोट, जहाँ दर्शकहरू रुखमा चढेर र छाता लिएर उभिएका थिए । र, मुलपानीमा विश्वकप छनोट, जहाँ भीड उर्जाशील थियो, यी सबैले नेपालको जोश र लचकता परिभाषित गरे ।

यो यात्रा उतार–चढावका क्षणहरूबाट भरिएको थियो । र, म खुसी छु कि मैले क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, स्कोररहरू, मैदानकर्मीहरू, क्यामेरा म्यानहरू, कमेन्टेटरहरू र मेरो कप्तान रोहित पौडेलसँग सानो भूमिका निभाउन सकें । प्रत्येक व्यक्तिले आफ्नो तरिकाले योगदान दिएको छ र मैले बनाएको मित्रता र सहकार्यलाई गहिरो रूपमा कदर गर्छु ।

खेलाडीहरूलाईः तपाईहरू लाखौंको सपना बोकेर खेल्नुहुन्छ । सधैं धरातलमा रहनुहोस् । वान बल ब्याटल मानसिकतामा विश्वास गर्नुहोस् । र बाउन्ड्रीतर्फ अघि बढिरहनुहोस् । ह्यापी ड्रेसिङ रुमको दर्शन जुन सम्बन्ध, खुलापन, एकता र जिम्मेवारीमा आधारित छ, सधैं तपाईहरूको सामथ्र्य हुनेछ ।

सहायक स्टाफलाईः पर्दा पछाडि तपाईंहरूको निरन्तर प्रयासहरू अमूल्य थिए । मेरो माग केवल उत्कृष्टताका लागि हामीलाई अगाडि बढाउनको लागि थियो । मेरो पक्षमा खडा रहनु भएकोमा धन्यवाद ।

दर्शकहरूलाईः तपाईंहरूको अडिग समर्थन हाम्रो सबैभन्दा ठूलो बल थियो । यो टोलीमा विश्वास राख्न जारी राख्नुहोस् ।

क्यान व्यवस्थापनलाईः नेतृत्वको अवसरको लागि धन्यवाद । आधार तयार छ ! एकजुट रहनुहोस् र नेपाललाई गर्वित बनाउन जारी राख्नुहोस् ।

नेपालका जनतासम्मः नेपाल मेरो घर जस्तो भएको छ । यहाँको क्रिकेट खेल मात्र होइन, यो एक भावना हो जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन १० गतेदेखि हराइरहेका महर्जन शिवपुरी जंगलमा मृत फेला प्रतिनिधि सभाको बैठकमा एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएपछि… ‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्- गगन थापा सुर्खेतमा गर्जिए लिङ्‍देन- अब नारायणहिटी खाली गर व्यवस्थाविरोधी आवाज उठाएर देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो -प्रधानमन्त्री ओली राप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् मुद्दा यूएईबाट धमाधम डिपोर्ट हुँदै नेपाली प्रचण्डलाई गगनको जवाफ- म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस् अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ डा. बाबुराम भट्टराईको फेसबुक पेज ‘ह्याक’ आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि राजसंस्था फर्काउनेबारे पूर्वराजासँग रविदाइको छलफल भएको थियो: मुकुल ढकाल युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, आइसीयुमा उपचार हुँदै मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु बोराभित्रबाट महिला शव फेला: धूप बालेर २ दिनसम्म कोठामै लुकाए गन्हाउन थालेपछि बागमतीमा फाले इटहरीमा  विवाहको जग्गेबाटै बेहुला–बेहुलीसहित पाँच जना पक्राउ शाहीले ‘वडाध्यक्षमा उठ्नुस्’ भनेपछि रिमालले सुनाए ‘न्युटनका बिरालाको कथा’ लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन : कमल थापा दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’