२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी

२०८२, २ बैशाख मंगलवार १७:२६

काठमाडौँ | वित्तीय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रूपमा नलिन चेतावनी दिए ।उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य जिकिर गरे ।

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानमहासंघका अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटक पटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताए ।केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन