३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने

२ बैशाख २०८२, मंगलवार १७:४६

काठमाडौँ | नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला, क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो सङ्घ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुने छ । सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइने छ ।

यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो। दुई दिने प्रतियोगिताका खेलहरू खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइने छ । पत्रकार सम्मेलनमा २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेल्नुभएकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कांस्य जित्न सफल अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’