2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने

काठमाडौँ | नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला, क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो सङ्घ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुने छ । सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइने छ ।

यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो। दुई दिने प्रतियोगिताका खेलहरू खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइने छ । पत्रकार सम्मेलनमा २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेल्नुभएकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कांस्य जित्न सफल अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई