३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा आन्दोलन र प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

७ बैशाख २०८२, आईतवार १२:२३

काठमाडौँ | काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन आज शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको तयारीले निकै अस्तव्यस्त भएको छ। नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक चापले ट्राफिक जामको स्थिति सिर्जना भएको छ।

बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएपछि प्रहरीले माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारी साधनमाथि रोक लगाएको छ। यसैबीच, राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। मुख्य सडकहरूमा सवारी साधनलाई डाइभर्सन गरिएकाले भित्री र साँघुरा सडकहरूमा गाडीको चाप बढेको छ। फलस्वरूप, ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या देखिएको छ।

नियमित रुट परिवर्तन गर्नुपर्दा र लामो समयसम्म जाममा फस्दा सवारी चालक तथा यात्रुहरू समस्यामा परेका छन्। आन्दोलन र प्रदर्शनका कारण काठमाडौँको दैनिक जनजीवनमा समेत ठूलो असर परेको छ। त्यसै त व्यवस्थापनमा कमजोर छँदैथियो, त्यसैमाथि भिडले थप मुस्किल थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’