२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै

२०८२, ८ बैशाख सोमबार १२:२४

काठमाडौँ | नेपाल धर्म संस्कृति अध्ययन संघ (एएससिआर-नेपाल)ले नेशनल कलेजसँगको सहकार्यमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। संघले धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अगाडि बढाउने उदेश्यसहित आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलन यही वैशाख ११ र १२ गते अर्थात अप्रिल २४-२५ तारिखका दिन नेशनल कलेज, धुम्बाराही काठमाडौँमा हुने तय भएको छ। सम्मेलनको थिम ‘ब्रिजिङ पास्ट एण्ड प्रिजेन्टः सेलिब्रेटिङ कल्चर, अन्डरस्ट्यान्डिङ रिलिजन’ रहेको नेपाल धर्म संस्कृति अध्ययन संघका अध्यक्ष प्राडा सोम प्रसाद खतिवडाले बताए।

३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने उक्त सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ताहरू, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पुर्याउने प्राडा खतिवडाले जानकारी दिए। युवा अनुसन्धानकर्ताहरूका लागि विशेष रूपमा तयार पारिएको ऐकेडेमिक राइटिङबारे ११ गते पहिलो सेमिनारले हुनेछ भने १२ गते विभिन्न सब थिममा प्यारालल सेसन हुनेछन्। सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधी सहभागी हुने छन्।

सम्मेलन पश्चात प्राप्त अनुसन्धानमुलक लेखलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा समेत प्रकाशित गरिने सह-आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताए। प्राचार्य न्यौपानेका अनुसार कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले तथा प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा पेशल दाहाल हुने छन्। उक्त कार्यक्रममा सहभागी हुन चाहनेले रजिस्ट्रेशन गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन