३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै

८ बैशाख २०८२, सोमबार १२:२४

काठमाडौँ | नेपाल धर्म संस्कृति अध्ययन संघ (एएससिआर-नेपाल)ले नेशनल कलेजसँगको सहकार्यमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। संघले धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अगाडि बढाउने उदेश्यसहित आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलन यही वैशाख ११ र १२ गते अर्थात अप्रिल २४-२५ तारिखका दिन नेशनल कलेज, धुम्बाराही काठमाडौँमा हुने तय भएको छ। सम्मेलनको थिम ‘ब्रिजिङ पास्ट एण्ड प्रिजेन्टः सेलिब्रेटिङ कल्चर, अन्डरस्ट्यान्डिङ रिलिजन’ रहेको नेपाल धर्म संस्कृति अध्ययन संघका अध्यक्ष प्राडा सोम प्रसाद खतिवडाले बताए।

३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने उक्त सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ताहरू, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पुर्याउने प्राडा खतिवडाले जानकारी दिए। युवा अनुसन्धानकर्ताहरूका लागि विशेष रूपमा तयार पारिएको ऐकेडेमिक राइटिङबारे ११ गते पहिलो सेमिनारले हुनेछ भने १२ गते विभिन्न सब थिममा प्यारालल सेसन हुनेछन्। सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधी सहभागी हुने छन्।

सम्मेलन पश्चात प्राप्त अनुसन्धानमुलक लेखलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा समेत प्रकाशित गरिने सह-आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताए। प्राचार्य न्यौपानेका अनुसार कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले तथा प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा पेशल दाहाल हुने छन्। उक्त कार्यक्रममा सहभागी हुन चाहनेले रजिस्ट्रेशन गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड