२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे

२०८२, १४ बैशाख आईतवार १५:४०

काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको उसको आरोप छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेकी हुन् ।‘शिक्षकहरूमाथि प्रहरी हस्तक्षेप भएको छ, दमन भएको छ । म यसको घोर भर्त्सना गर्दछु,’ सांसद सुवेदीले भनिन् । साथै उनले घाइते शिक्षकको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

शिक्षक आन्दोलनमा गरेको हस्तक्षेपको मूल्य सरकारले चुकाउनुपर्ने उनको चेतावनी छ ।‘सरकारले यस्तो जुन दमनको हर्कत गरिराखेको छ । यसको मूल्य चर्को पर्नेछ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन् । शिक्षा ऐन माग गर्दै शिक्षकहरू एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आइतबार प्रदर्शनका क्रममा बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको छ । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् ।

शिक्षकहरू घाइते नै हुने गरी सरकार प्रस्तुत भएको भनेर माओवादी सांसदले सरकारको आलोचना गरेकी हुन् । सरकारलाई शिक्षकको माग सम्बोधन गर्नेतिर ध्यान उनको आग्रह छ ।‘दशौं हजार शिक्षकहरू आन्दोलनरत छन् । नयाँ भर्ना प्रक्रिया, पठनपाठक र परीक्षा र परीक्षाफल अवरुद्ध छन् । यसप्रति सरकारको मौनता, उदासिनता र लापरबाहिताप्रति खेद प्रकट गर्दछु,’ सांसद सुवेदीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन