१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे

१४ बैशाख २०८२, आईतवार १५:४०

काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको उसको आरोप छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेकी हुन् ।‘शिक्षकहरूमाथि प्रहरी हस्तक्षेप भएको छ, दमन भएको छ । म यसको घोर भर्त्सना गर्दछु,’ सांसद सुवेदीले भनिन् । साथै उनले घाइते शिक्षकको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

शिक्षक आन्दोलनमा गरेको हस्तक्षेपको मूल्य सरकारले चुकाउनुपर्ने उनको चेतावनी छ ।‘सरकारले यस्तो जुन दमनको हर्कत गरिराखेको छ । यसको मूल्य चर्को पर्नेछ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन् । शिक्षा ऐन माग गर्दै शिक्षकहरू एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आइतबार प्रदर्शनका क्रममा बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको छ । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् ।

शिक्षकहरू घाइते नै हुने गरी सरकार प्रस्तुत भएको भनेर माओवादी सांसदले सरकारको आलोचना गरेकी हुन् । सरकारलाई शिक्षकको माग सम्बोधन गर्नेतिर ध्यान उनको आग्रह छ ।‘दशौं हजार शिक्षकहरू आन्दोलनरत छन् । नयाँ भर्ना प्रक्रिया, पठनपाठक र परीक्षा र परीक्षाफल अवरुद्ध छन् । यसप्रति सरकारको मौनता, उदासिनता र लापरबाहिताप्रति खेद प्रकट गर्दछु,’ सांसद सुवेदीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का