४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की

२८ बैशाख २०८२, आईतवार ११:४७

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभाका सांसद जगतबहादुर पार्कीले सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा दलित समुदायका समस्या सम्बोधन नभएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “ नीति तथा कार्यक्रममा दलित, मधेसी समुदाय, थारू र मुस्लिमलगायत पिछडिएका क्षेत्रहरू सुदूरपश्चिम र कर्णालीलाई अग्र स्थान दिएको छैन ।” सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्वि गर्नुभएका सांसद पार्कीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

संविधान जारी भएको एक दशक हुन लाग्यो । तर दलित समुदायबारे संविधानको धारा २४ र ४० अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । दलित समुदायको उत्थानका विषयमा राज्यको ध्यान नपुगेको पक्कै होइन होला । नीति कार्यक्रममा दलितको विषयलाई प्राथमिताका साथ सम्बोधन गर्नुपर्ने हो, तर गरेको छैन । हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा दलित समुदायको योगदान र सहभागीता उच्च छ । तर उनीहरूको सवाललाई सरकारले नीति निर्माण र बजेटमा अग्रस्थानमा समावेश गर्न सकेको छैन ।

विदेशमा गएका युवालाई स्वदेश फर्काउन नीति तथा कार्यक्रमले प्रोत्साहन गर्नुपर्दथ्यो । नीति तथा कार्यक्रम माथि सांसदहरूले राखेका धारणालाई समेटेर पुनःलेखन गर्नुपर्छ । यसैले सरकारले संसद् र सांसदलाई विश्वास गर्नुपर्छ । नीति तथा कार्यक्रममा ‘योजनाको प्राथमिकीकरण गर्ने’ भनी उल्लेख गरिएको छ । सरकारले योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपदथ्र्याे । आजको हाम्रो देशको विशिष्ट अवस्थामा देश र जनताको समस्या के हो ? राज्यले लिनुपर्ने नीति के हो ? त्यसका आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने हो ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कुशल व्यवस्थापकको आवश्यकता पर्छ । समग्र समस्यालाई सत्तामा रहेको राजनीतिक नेतृत्वले हल गर्न चाहेको खण्डमा समाधान गर्न सक्छ । नीति तथा कार्यक्रममा देशलाई आत्मनिर्भर बनाउने भनिएको छ । देशलाई आत्मनिर्भर बनाउन धैरै कुरा गर्नै पर्दैन । यदि राज्यले इमानदारीपूर्वक चाहने होभने धेरै उत्पादन गर्नै पर्दैन । नेपालमा काठ प्रशस्त छ । तर हामीले विदेशबाट काठ आयात गरिरहेका छौँ । नेपालमा भएको काठलाई वन तथा वातावरण मन्त्रालयले राम्रोसँग सदुपयोग गर्ने हो भने विदेशमा निर्यात गर्न सक्छौँ । यो विषयमा पटकपटक मन्त्रालय र संसदीय समितिमा छलफल भएको छ । विज्ञहरूले पनि धारणा राखिरहेका छन् । तर कार्यान्वयन हुँदैन । हामीले आफ्नो काठ विदेशमा निर्यात गरेर डलर भित्र्याउन सक्छौँ । के राज्यले त्यतातिर ध्यान दिएको छ ?

हामीसँग काठ पर्याप्त छ । बिद्युत् वा कृषिमा उत्पादन गर्नुपर्छ । तर काठ हामीले उत्पादन गर्नु पर्दैन । जस्तोः पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको पूर्वाधारको विकास गर्नुपर्छ । तर काठका लागि अहिले बिरुवा लगाउनु पर्दैन । हाम्रो नेपालमा भएको वनजङ्गललाई सही ढङ्गबाट सदुपयोग गर्ने हो भने देश आत्मनिर्भर भन्ने प्रक्रिया सुरु हुन्छ । हाम्रै देशमा उत्पादन गर्न सकिने लसुन र प्याजलगायत सामान्य वस्तु पनि विदेशबाट आयात गर्नुपरेको छ । यदि राज्यले सही नीति तर्जुमा गरेर कार्यान्वयन गर्ने हो भने हामी आत्मनिर्भर हुने सम्भावना छ । नेपाल आफ्नै स्रोतसाधनबाट आत्मनिर्भर बन्ने सम्भावना पर्याप्त छ ।

सरकारले योजना बनाएर कार्यान्वयन गर्ने हो भने हामी कृषिमा एक वर्षभित्रै आत्मनिर्भर बन्न सक्छौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबैभन्दा बढी समस्या भएको क्षेत्र, समुदायलाई समेट्नुपर्ने हो । तर समेटिएन । यदि संविधान संशोधन गर्ने हो भने दलित, मेधसी, थारू समुदायको निम्ति हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता