२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली

२८ बैशाख २०८२, आईतवार १४:१६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै “पृथ्वीको भविष्य सुनिश्चित होस् मानवजातिको भविष्य सुनिश्चित होस् यसका निम्ति हामी यही मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दछौँ”, भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा हाम्रो वरपरको वातावरण निरन्तर प्रदूषित भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको बिग्रँदो वातावरण थप बिग्रन नपाओस् तथा यसको संरक्षणमा सबै सचेत रहनुपर्ने सन्देश प्रवाह गर्न संवाद आयोजना हुन लागेको उल्लेख गर्नुभएको छ ।

“हाम्रा क्रियाकलापले पृथ्वीको वातावरण बिग्रँन नपाओस् । अब हाम्रा क्रियाकलापबाट बिग्रिएको वातावरण सपार्न सकौँ । र, भोलिका लागि हाम्रा भावी सन्ततिले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाउन्”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

उहाँले सगरमाथा संवादले पहाड र समुद्रबीचको सम्बन्ध पहाडको वातावरणीय प्रश्नमा योगदान, नदीनाला बन्ने कुरादेखि लिएर कुलिङ सबै कुराका लागि धेरै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसलाई अहिले उचित ढङ्गले बुझ्न नसक्ने र बुझेर पनि त्यसप्रति ध्यान नदिनु मानव जातिका लागि प्रतिकूल हुने बताउनुभएको छ । वातावरण संरक्षण विश्वको साझा समस्या भएकाले यसको समाधान गर्न विश्ववासीको साझा प्रयास आवश्यक भएकामा उहाँको जोड छ ।

“कार्बन इमिसनदेखि लिएर वातावरण बिगार्ने अन्य तत्वको नियन्त्रण र वातावरणलाई सपार्ने प्रयासहरु अगाडि बढाउने काम गर्न जरुरी छ । त्यसका निम्ति विश्वका मानिस एक ठाउँ बसेर छलफल गरौँ, एक ठाउँ बसेर समस्या पहिचान र एकठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौँ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो