४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्व नेपालको बहुआयामिक व्यक्तित्वको परिचर्चा

२८ बैशाख २०८२, आईतवार १५:०८

काठमाडौँ | पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता र समाज परिवर्तनप्रति अटल समर्पण रहेको भन्दै प्रशंसा गरिएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा नेपालको निधनको छैटौँ दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँको जीवनीसम्बन्धी परिचर्चाका सहभागी वक्ताले नेपाली समाज र कम्युनिष्ट आन्दोलनमा नेता नेपालको निधनले अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गर्नुभयो । कार्यक्रमका वक्ताहरूले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन, साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेता नेपाल नेपालका वामपन्थी राजनीतिमा इमान्दार, अग्लो कद, स्पष्टवक्ता र दिइएको जुनसुकै जिम्मेवारीलाई पनि सहज तरिकाले पूरा गर्ने व्यक्तिका रूपमा रहनुभएको स्मरण गराउनुभयो ।

एमाले नेतृ विन्दा पाण्डेले स्व नेपालको जीवनी र कृतिहरूलाई डिजिटल माध्यम (ई–बुक र अडियो) मार्फत संरक्षण गरी युवा पुस्तासम्म पुर्‍याउन सुझाव दिनुभयो । पार्टीका नेता सूर्य थापाले स्व नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाँलको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमा मुकुन्द न्यौपाने, राजेन्द्र गौतम, देवी ओझा, दीपक निरौलालगायत वक्ताले स्व नेपालको बहुआयामिक व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षहरूका बारेमा चर्चा गर्नुभयो ।

प्रतिष्ठानले उहाँको समर्पण, दूरदर्शी नेतृत्व र अटल निष्ठाले संस्थाहरूलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै स्व नेपालको स्मृति र विचारलाई जीवन्त राख्न थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । स्व नेपाल पछिल्लो एक दशकदेखि प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता