१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेमिट्यान्स आय १० प्रतिशतले वृद्धि हुदा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुग्यो

२८ बैशाख २०८२, आईतवार १७:३९

काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिना (चैत मसान्त)सम्म रेमिट्यान्स आय (विप्रेषण आप्रवाह) १० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तको तुलनामा रेमिट्यान्ट आय बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

०८० चैत मसान्तसम्म अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय १७.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । ०८० चैतमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार २२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको राष्ट्र बैंकको तथ्यांक छ । ०८० चैतमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी तीन लाख २७ हजार ८४२ र पुनः श्रम स्वीकृति दुई लाख ११ हजार २२६ ले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले इजरायल र इरानद्वारा युद्धविराम स्वीकार ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या