२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

२०८२, २९ बैशाख सोमबार १२:०१

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावनाले शान्तिपूर्ण समाजको विकास हुने बताउनुभयो । उहाँले शान्तिका दूत बुद्धको जन्म र बुद्धत्वको संयोग परेको आजको दिन विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक समुदायलाई एकताबद्व हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले प्राचीन सभ्यता र समृद्धिको इतिहासबाट राष्ट्रियतालाई थप सुदृढ एवं सबल बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले किरात समुदायको उभौली पर्वका अवसरमा पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधतामा एकता अभिवृद्धि गर्न सांस्कृतिक पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला