४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल

२९ बैशाख २०८२, सोमबार १२:५८

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।

उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त गर्दै लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

उहाँले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको बताउँदै यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले किरात समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता