२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

२०८२, २९ बैशाख सोमबार १३:०९

काठमाडौँ | प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताउनुभएको छ ।

इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बङ्गलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताउनुभयो ।

“महिला पत्रकारले अहिले पनि धेरै चूनौतीको सामना गर्नुपरेको छ, ती चुनौतीको सामाना गर्दै अघि बढनुपर्छ”, उहाँले भन्नुभयो, “सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ ।” उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपूर्ण भूमिकाको महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्रयास बारेमा जानकारी गराउनुभयो । उहाँले दुई देशका महिला पत्रकारले दीर्घकालीन मित्रता प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गर्नुभयो । उहाँले नेपाल–बङ्गलादेश महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै छलफलमा विभिन्न विषय उठान गर्नुभएको थियो ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज सङ्घ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा हुस्ने आरा बेगमले नेपाल र बङ्गलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी व्यक्त गर्नुभयो ।

दुई देशबीचको समबन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला