२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने’

२०८२, ३० बैशाख मंगलवार १३:२४

काठमाडौँ | सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य सङ्कटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा उहाँले जलवायु परिवर्तनको कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । बैठकमा सांसद डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नं १ मा गत वर्ष असोजमा आएको बाढीका कारण सिँचाइ तथा खानेपानीका मुहान सुक्दै गइरहेकाले विपद् व्यवस्थापन गर्न ती क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद डोलप्रसाद अर्यालले वर्षायाममा बाढी पहिरोबाट नागरिकले कष्ट भोग्नुपर्ने भएकाले समयमै विपद् व्यवस्थापनको वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारपछि विस्थापित परिवारको पुनस्र्थापना गर्न सरकारसँग माग गर्नुभयो । सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिक्पालकुमार शाहीले दैलेखको आठबीस नगरपालिकामा विद्युत् वितरण अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । सांसद दीपकबहादुर सिंहले जिल्ला दर रेट कायम राख्दा राजस्व कार्यालयलाई पनि राय दिनका लागि राख्नुपर्ने तथा नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणी शर्माले तराई–मधेशमा तापक्रम अत्यधिक बढिरहेको बेलामा विद्युत्भार कटौती भइरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद निशा डाँगीले मुलुकको दिगो विकास, सीप विकासको तालिम र रोजगारी तथा गुणस्तरीय शिक्षा, सुशासनको आवश्यकता रहेको बताउनुभयो ।

सांसद पुष्पबहादुर शाहले ५० शय्याको अछाम जिल्ला अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गर्नुभयो । सांसद प्रकाश ज्वालाले सल्यान तरकारी तथा फलफूलको भण्डार रहेकाले सिँचाइ र विद्युत्को व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेमबहादुर महर्जनले गत वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो धनजनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरु मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विन्दबासिनी कङ्साकारले हेटाँैडा उपमहानगरपालिका–१७ सञ्चार सुविधाविहीन रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह