४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठ आयात प्रतिस्थापनमा जोड

३० बैशाख २०८२, मंगलवार १७:०५

काठमाडौँ | सांसद मदनकुमारी शाहले वनबाट मुलुकको आर्थिक समृद्धि आगाडि बढाउनका लागि काठ आयात प्रतिस्थापन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद शाहले विदेशी काठ आयात प्रतिस्थापन गर्दै मुलुकलाई काठमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिले विश्वमा आर्थिक मन्दी भइरहेको बेलामा स्वदेशी वस्तु उत्पादन बढाएर स्वरोजगार बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “उत्पादन र उत्पादकत्वमा ध्यान दिन सकिएन भने हाम्रा नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैनन । एकताबद्ध आर्थिक विकासमा लाग्नुपर्छ ।”

सांसद गोपाल भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा सिद्धान्त र प्राथमिकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । “राजनीतिक स्थिरता, नीतिमा निरन्तरता तथा विकासमा तीव्रताको उद्देश्य लिनु समग्र दस्तावेजलाई प्रतिनिधित्व गर्छ । समावेशी विकास र सामाजिक न्याय कायम गर्ने सैद्धान्तिक कुरा राम्रा छन् । आगामी बजेटले यसलाई समेटोस्,” उहाँले भन्नुभयो, “आर्थिक सम्भावनाको क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्छ ।”

सांसद भुवन सुनारले सरकारले बजेट निर्माण गर्दा आधारभूत वर्गलाई सम्बोधन गर्न नसकेको, उपेक्षित उत्पीडितका लागि, छुवाछूत उन्मूलनका लागि प्राथमिकता र सिद्धान्तमा आउन नसकेको बताउनुभयो । “अहिले मलखादको हाहाकार भयो । कृषिलाई उच्च प्राथमिकतामा राख्ने नीति कार्यान्वयन कसरी हुन सक्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । “मल र सिँचाइको व्यवस्था नभई कृषि उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य पूरा हुन सक्दैैन । यी कुरालाई ध्यानमा राखी बजेट ल्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद सावित्री मल्लले रासायनिक मल उत्पादनका लागि मुलुकभित्रै कारखाना स्थापना गरेर आयात प्रतिस्थापन गर्नुपर्ने तथा सिद्धान्त र प्राथमिकतामा यी कुराहरु सम्बोधन गर्न नसकिएको बताउनुभयो । “प्रस्तुत सिद्धान्त र प्राथमिकतामा मधेश र कर्णालीलाई राख्न सकिएन । बजेटमा यसलाई नछ्ट्याइयोस्,” उहाँले भन्नुभयो ।

सांसद मायाप्रसाद शर्माले अर्थतन्त्रका समग्र क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न सिद्धान्त र प्राथमिकताले सम्बोधन गर्न नसकेको बताउनुभयो । “सिद्धान्त र प्राथमिकतामा सरकारको गति स्पष्ट देखिएन । उत्पादन र उत्पादकत्व न्यून छ । यसलाई सकरी सम्बोधन गर्ने ?” उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’