२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठ आयात प्रतिस्थापनमा जोड

२०८२, ३० बैशाख मंगलवार १७:०५

काठमाडौँ | सांसद मदनकुमारी शाहले वनबाट मुलुकको आर्थिक समृद्धि आगाडि बढाउनका लागि काठ आयात प्रतिस्थापन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद शाहले विदेशी काठ आयात प्रतिस्थापन गर्दै मुलुकलाई काठमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिले विश्वमा आर्थिक मन्दी भइरहेको बेलामा स्वदेशी वस्तु उत्पादन बढाएर स्वरोजगार बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “उत्पादन र उत्पादकत्वमा ध्यान दिन सकिएन भने हाम्रा नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैनन । एकताबद्ध आर्थिक विकासमा लाग्नुपर्छ ।”

सांसद गोपाल भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा सिद्धान्त र प्राथमिकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । “राजनीतिक स्थिरता, नीतिमा निरन्तरता तथा विकासमा तीव्रताको उद्देश्य लिनु समग्र दस्तावेजलाई प्रतिनिधित्व गर्छ । समावेशी विकास र सामाजिक न्याय कायम गर्ने सैद्धान्तिक कुरा राम्रा छन् । आगामी बजेटले यसलाई समेटोस्,” उहाँले भन्नुभयो, “आर्थिक सम्भावनाको क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्छ ।”

सांसद भुवन सुनारले सरकारले बजेट निर्माण गर्दा आधारभूत वर्गलाई सम्बोधन गर्न नसकेको, उपेक्षित उत्पीडितका लागि, छुवाछूत उन्मूलनका लागि प्राथमिकता र सिद्धान्तमा आउन नसकेको बताउनुभयो । “अहिले मलखादको हाहाकार भयो । कृषिलाई उच्च प्राथमिकतामा राख्ने नीति कार्यान्वयन कसरी हुन सक्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । “मल र सिँचाइको व्यवस्था नभई कृषि उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य पूरा हुन सक्दैैन । यी कुरालाई ध्यानमा राखी बजेट ल्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद सावित्री मल्लले रासायनिक मल उत्पादनका लागि मुलुकभित्रै कारखाना स्थापना गरेर आयात प्रतिस्थापन गर्नुपर्ने तथा सिद्धान्त र प्राथमिकतामा यी कुराहरु सम्बोधन गर्न नसकिएको बताउनुभयो । “प्रस्तुत सिद्धान्त र प्राथमिकतामा मधेश र कर्णालीलाई राख्न सकिएन । बजेटमा यसलाई नछ्ट्याइयोस्,” उहाँले भन्नुभयो ।

सांसद मायाप्रसाद शर्माले अर्थतन्त्रका समग्र क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न सिद्धान्त र प्राथमिकताले सम्बोधन गर्न नसकेको बताउनुभयो । “सिद्धान्त र प्राथमिकतामा सरकारको गति स्पष्ट देखिएन । उत्पादन र उत्पादकत्व न्यून छ । यसलाई सकरी सम्बोधन गर्ने ?” उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह