2026-09-16 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक वर्ष २०८१/८२मा अहिलेसम्म विकास खर्च ३४ प्रतिशतमात्र,जुन असारे विकासका नाममा बदनाम

कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष २०८१/८२ मा समेत दोहोरिएको छ ।

चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । अब आव सकिन २ महिनामात्र बाँकी छ ।
यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ । सरकारले गत आव यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । सरकारले जेठ र असार लागेसँगै विकासका गतिविधि र खर्चको गति बढाउँछ । जुन असारे विकासका नाममा बदनाम छ ।

आवको बाँकी दुई महिनामा लक्ष्य अनुसार विकास बजेट खर्च गर्ने हो भने अब २ खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ । जुन मासिक १ खर्ब १५ अर्ब ९८ करोड ८८ लाख र दैनिक ३ अर्ब ८६ करोडका दरले खर्च गर्नुपर्छ । अहिले दैनिक ४० करोडका दरले मात्र विकास खर्च भएको तथ्यांक छ । उता, चालु खर्च भने लक्ष्यको ६७.७९ प्रतिशत पुगिसकेको छ । यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु बजेट विनियोजन भएको छ । १० महिनासम्म ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ चालु बजेट खर्च भइसकेको छ । जुन लक्ष्यको ६७.७९ प्रतिशत हो ।

चालु, पूँजीगत र वित्तीय व्यवस्थासहित कुल बजेट खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख पुगेको छ । जुन यस वर्ष विनियोजनको तुलनामा ६२.२४ प्रतिशतमात्र हो ।यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थातर्फ १० महिनामा २ खर्ब ६४ अर्ब २८ करोड खर्च भइसकेको छ । जुन लक्ष्यको ७१.९६ प्रतिशत हो । यस वर्ष पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थामा बढी बजेट विनियोजन भएको छ । जुन ऋणको साँवा–ब्याज भुक्तानी तथा सेयर लगानीमा खर्च हुन्छ ।

राजस्व लक्ष्यभन्दा धेरै टाढा

उता, राजस्व संकलन भने यस वर्ष लक्ष्यभन्दा निकै टाढा देखिन्छ । १० महिनामा लक्ष्यको ६४.९९ प्रतिशत राजस्व उठेको छ । १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख संकलन भएको छ । कर राजस्व लक्ष्यको ६४.५५ र गैरकर राजस्व ६९.२ प्रतिशत उठेको छ । वैदेशिक अनुदान वैशाखसम्म लक्ष्यको २४.२६ प्रतिशत अर्थात् १२ अर्ब ६९ करोड रुपैयाँमात्र उठेको छ । यस वर्षको लक्ष्य ५२ अर्ब ३२ करोड रुपैयाँको हो ।

आम्दानी र खर्चबीच २ खर्बभन्दा ठूलो खाडल

अन्य आम्दानी, राजस्व र वैदेशिक अनुदानबाट कुल ९ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी भएको छ । उता, सरकारको खर्च भने ११ खर्ब ५७ अर्ब ८९ करोड पुगेको छ । यस प्रकार सरकारको आम्दानी र खर्चबीच २ खर्ब ११ अर्ब ५५ करोड बराबर खाडल छ । यसलाई परिपूर्ति गर्न सरकारले ऋण काढ्नुपर्ने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु