2026-10-07 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको कटाक्ष :”बुद्धि नभएको डाक्टर भनेर चिन्छन् भट्टराईलाई “

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कटाक्ष गरेका छन्। बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेर आलोचना गरेका हुन्। पार्टी एकता सम्भावनाबारे पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भने, “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”

उनले अघिल्लो निर्वाचनमा गोरखाबाट चुनाव लड्नुको कारण पार्टी एकताको योजना भएको तर भट्टराईको विचार परिवर्तनका कारण एकता सम्भव नभएको बताए। “गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले पार्टी एउटै बनाउने भनिएको थियो। तर उहाँले कम्युनिस्टको नाम सुन्न पनि चाहनुभएन,” उनले उल्लेख गरे। प्रचण्डले भट्टराईलाई कम्युनिस्ट मूल्य र विचारधाराबाट टाढिँदै प्रतिक्रियावादी धारमा लागेको आरोप लगाए। “मार्क्सवाद नभन्ने, कम्युनिस्ट पार्टी नभन्ने, अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि,” उनले भने।

उनले भट्टराईसँग रहेका धेरै नेता तथा कार्यकर्ता भ्रममा परेर गएको तर अहिले माओवादी केन्द्र फर्किन थालेको दाबी पनि गरे। “गंगानारायण श्रेष्ठलगायत धेरैजना फर्किँदै हुनुहुन्छ। यो पनि त एकता हो। तर बाबुरामलाई ल्याउन दिमाग चाहिन्छ,” प्रचण्डले भने। प्रचण्डको यस्ता कटाक्षपूर्ण टिप्पणीले माओवादी केन्द्र र समाजवादी पार्टीबीचको दूरी अझै गहिरिएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए