2026-09-14 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलाई सभासम्मेलन गर्न र बोल्न छुट दिएका छौँ,यसलाई सरकारको कायरता वा कमजोरी नठान्नु:प्रवक्ता गुरुङ

काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेकाहरुलाई उदारतापूर्वक सभासम्मेलन गर्न दिइएको भन्दै त्यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका छन्।

‘हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौँ,’ गुरुङले भने, ‘त्यो हाम्रो कायरता होइन। हाम्रो कमजोरी होइन। हामी डराएर गरेको होइन। त्यसरी दिँदा उनीहरुले हाम्रो कमजोरी नठाने हुन्छ। यो त हामीले उदारतापूर्वक अभ्यास गरुन न भनेर छुट दिएको कुरा हो।’

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रमाम उनले सधै यस्तो छुट दिन नसकिने समेत बताए। गुरुङले भने, ‘तर, सधै यस्तो संविधान विरोधी, जनता विरोधी, व्यवस्था विरोधी क्रियाकलाप गरिराखे भने त्यो चिजलाई सधै सहेर बस्न सकिँदैन्।’

आवश्यक परे राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक पनि सरकारसँग भएको उनको भनाइ छ। ‘सरकार सधै टुलुटुलु हेरेर बस्दैन, त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट,’ मन्त्री गुरुङले भने, ‘उनीहरुले आन्दोलन गर्ने भनेको छ, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।’

राजतन्त्र पुर्नस्थापनाका लागि राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ