2026-10-07 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो

काठमाडौँ । रवि लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अनुसन्धान नै नगरी रविमाथि मुद्दा चलाइएको बताएका छन्।

आफूलाई थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनमा बहस गर्दै बिहीबार श्रेष्ठले यसअघि महान्यायाधीवक्ताको कार्यालयले नै लामिछानेमाथि कुनै अनुसन्धान नभएको र उजुरी पनि नपरेको भनि पत्र नै दिएको स्मरण गराएका हुन्।

‘महान्यायाधिवक्ताको कार्यालय भन्छ अनुसन्धान नै गरिएको छैन। अनुसन्धान नै नगरी थप वा पुरक अभियोजनका लागि सरकारी वकिलले निर्देशन दिनुपर्नेमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयनको नाममा प्रहरी स्वयम्‌ सक्रिय भयो। राज्यको बद्‌नियत यहाँ देखिन्छ’ बिहीबार बहसमा श्रेष्ठले भने। यस्तै संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार र जिम्मेवार जीबी राईलाई देखाए पनि उनलाई हालसम्म पनि पक्राउ नगरिएको तर रविलाई भने बद्‌नियतपूर्ण रुपमा थुनामा राखिएको श्रेष्ठले दाबी गरे।

‘संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार जिम्मेवार जीबी राईलाई देखाएको छ। अनि मुद्दा चाहिँ रविलाई?’ इजलासमा श्रेष्ठले सोधे। उनले थपे, ‘प्रतिवेदन भन्छ पैसा लैजान रविको कुनै भूमिका छैन, खर्चको हकमा एउटा संस्थाको सञ्चालक हुँदा त्यो पनि अध्यक्षले ल्याएको पैसा चेक काटेको हो। २ पटकगरी एक करोड ८१ लाख रुपैयाँको चेक गोरखा मिडियाको नाममा काटिएको छ। तर, उच्च अदालतको थुनछेक आदेशमा रविकै योजना, जानकारी र सक्रियतामा यो सब भनिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए