८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै – के गर्दै छ कांग्रेस ?

१० जेष्ठ २०८२, शुक्रबार १६:४६

काठमाडौँ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले अहिले राजनीतिक तरंग सिर्जना गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।अहिले पनि तीन जना नियन्त्रणमै रहेका छन् । उनीहरुलाई भट्टराईले नै प्रयोग गरेको स्रोतको दाबी छ । खगेन्द्र सुुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई नियन्त्रणमा लिइएको छ । आयोगका अधिकारीले उनीहरुको कम्प्युटर, मोबाइललगायत जफत गरेर अनुसन्धान थालेको जनाइएको छ ।

भिजिट भिसामा जाने नेपालीहरुसँग कम्तिमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै रमेश लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ । भट्टराईलाई विमानस्थलमा मन्त्री लेखकले नै पठाएको उल्लेख गर्दै अख्तियारले छापा मार्ने सुइँको पाएपछि उनलाई हतार हतारमा गृह मन्त्रालयमा तानिएको थियो । यसले पनि माथिल्लो निकायसम्म मिलेमतो रहेको प्रष्ट हुने गृहकै एक अधिकारी बताउँछन् ।

अख्तियारका एक अधिकारीले कुराकानीमा भने, “हामीले एकदमै गोप्य तरिकाले अनुसन्धान जारी राखेका छौँ । अहिलेसम्म जे जति कुराहरु बरामद भएका छन् । त्यसबाट केही खुल्दै जाने सम्भावना देखिन्छ ।” तर गृहमन्त्री लेखकले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

कांग्रेसले पनि अहिलेसम्म औपचारिकरुपमा केही बोलेको छैन । तर कांग्रेसका नेता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यतिधेरै प्रश्न उठेपछि संसद्मै पनि जवाफ दिनुपर्ने बताए ।

“यो विषय उठिसक्यो,” उनले भने, “संसद्मै जवाफ दिँदा उचित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र