८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने : सभापति देउवा

१० जेष्ठ २०८२, शुक्रबार १६:५४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने सवालमा कांग्रेस दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागद्वारा आयोजित ‘पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा बोल्दै देउवाले श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या देखिएको गुनासो आएको जनाए। उनले श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने स्पष्ट पारे।

शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ छ, देउवाले भने, ‘श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या आएको छ भन्ने गुनासो छ। कांग्रेसले त्यसको समाधानका लागि अग्रसरता लिन्छ।’

सामाजिक सुरक्षा भत्ता वितरणसमेत समाजवादी अवधारणाअनुसार गरिनुपर्ने भन्दै उनले अपाङ्ग, अशक्त र गरिब व्यक्तिहरूले सहज रूपमा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

देउवाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि सहज बनाउने उद्देश्यले कानुन संशोधन गरी व्यवहारमा उतार्न जरुरी रहेको धारणा पनि राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र