2026-09-14 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने सवालमा कांग्रेस दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागद्वारा आयोजित ‘पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा बोल्दै देउवाले श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या देखिएको गुनासो आएको जनाए। उनले श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने स्पष्ट पारे।

शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ छ, देउवाले भने, ‘श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या आएको छ भन्ने गुनासो छ। कांग्रेसले त्यसको समाधानका लागि अग्रसरता लिन्छ।’

सामाजिक सुरक्षा भत्ता वितरणसमेत समाजवादी अवधारणाअनुसार गरिनुपर्ने भन्दै उनले अपाङ्ग, अशक्त र गरिब व्यक्तिहरूले सहज रूपमा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

देउवाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि सहज बनाउने उद्देश्यले कानुन संशोधन गरी व्यवहारमा उतार्न जरुरी रहेको धारणा पनि राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ