२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ

२०८२, १२ जेष्ठ आईतवार १५:१८

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको झन्झटिलो नियम, कानुन र कार्यप्रणालीबाट विकास, समृद्धि र सुशासन सम्भाव नहुने धारणा व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो ।

कृषि, पर्यटनलगायतका अधिकांश क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएको सूचना प्रविधिको क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्नेमा नगन्य बजेट विनियोजन हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आवश्यक बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“पर्यटन हाम्रो मुलुकको समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो तर, त्यसअनुसार राष्ट्रिय योजनाहरू बन्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “हाम्रो मुलुकको आवश्यकता बुझेर योजनाहरू बनाउनुपर्छ ।”

मन्त्री गुरुङका अनुसार पर्यटन क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको र पर्यटकलाई सहज बनाउन टेलिफोन, इन्टरनेट र एआइजस्ता सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा आवश्यक बजेटसहित ध्यान दिन आवश्यक छ ।

पूर्वपर्यटनमन्त्रीसमेत हुनुभएका सञ्चारमन्त्री गुरुङले समन्वयतामत्क ढङ्गबाट आधुनिक सूचना प्रविधिको सदुपयोग गरी पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा दुवै मन्त्रालयबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पर्यटकको मूल आकर्षण भनेको हिमाल र गौतमबुद्ध जन्मस्थल लुम्बिनी रहेको बताउँदै मन्त्री गुरुङले यी दुई सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारले प्राथमिकता दिनुपर्ने मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

साथै उहाँले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताउनुभयो । “हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो । थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो । मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्नसमेत आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय समाचार समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ