काठमाडौँ । नेपाली समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ झण्डै एक दशकपछि पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्।
श्रेष्ठ आज औपचारिक रुपमा पार्टी समायोजन प्रक्रियामार्फत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा पुनः आवद्ध भएका हुन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजनसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्।
श्रेष्ठ सन् २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै माओवादी पार्टी त्याग गरी नयाँ राजनीतिक यात्रामा निस्किएका थिए।
२०७९ सालमा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको (नेसपा)बीच २०८० जेठ ३ गते पार्टी एकीकरणको लागि लिखित सहमति भए पनि, एकता प्रक्रियामा अपेक्षित प्रगति नदेखिएको भन्दै श्रेष्ठले माओवादी केन्द्रमा फर्किने निर्णय गरेका हुन्।
श्रेष्ठले आफू (नेसपा)को केन्द्रीय कार्यकारिणीका २९ सदस्यमध्ये १७ र १६० सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जनाको समर्थनमा रहेको दाबी समेत गरेका छन्।