७ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूधजन्य पदार्थको माग घट्दै गएपछि भण्डारणमा समस्या

१३ जेष्ठ २०८२, सोमबार १६:४९
काठमाडौँ । बजारको मागभन्दा उत्पादन बढी भएपछि हेटौँडा दूध वितरण आयोजना कार्यालयको भण्डारणमा समस्या भएको छ ।
कार्यालय प्रमुख अञ्जन अधिकारीका अनुसार मखन एक लाख ७५ हजार किलो भण्डारण गर्ने क्षमता रहेकामा अहिले एक लाख ७० हजार किलो भण्डारण भइसकेको छ । यस्तै पाउडर पाँच लाख किलो क्षमता रहेकामा हालसम्म चार लाख ५६ हजार किलो भण्डारण भइसकेको छ ।  अझै दैनिक उत्पादन बढ्दै गएकाले केही दिनभित्रै भण्डारण कक्ष भरिने भएकाले थप समस्या हुने उहाँको भनाइ छ । दूध तथा दूधजन्य पदार्थको बजारमा माग घट्दै गएपछि सो कार्यालयले सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।
कार्यालयद्वारा उत्पादित दूध तथा दूधजन्य पदार्थको बजार खपत बढाउन र उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्ने उद्देश्यले कार्यालय परिसरभित्रै सहुलियत पसल सञ्चालनमा ल्याइएकोे छ । “हामीले हेटौँडा औद्योगिक क्षेत्रका उद्योग, संस्था तथा संस्थानमा कार्यरत कर्मचारीका लागि सहुलियत पसल सञ्चालनमा ल्याएका छौँ”, प्रमुख अधिकारीले भन्नुभयो, “सहुलियत पसलबाट दूध तथा दूधजन्य पदार्थ खरिद गरे उपभोक्तालाई मूल्यमा रु एकदेखि रु ५० सम्म सहुलियत दिने गरेका छौँ ।”
प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लास्थित सरकारी कार्यालयलाई पत्राचार गरी आफ्नो उत्पादन उपभोग गर्न आग्रह गरेको छ । बजारको मागभन्दा उत्पादन बढी भएकाले आयोजना कार्यालयको भण्डारण कक्षमा समस्या देखिएको हो ।
“सरकारको स्वामित्वको कार्यालय भएकाले हामीलाई किसानसँग दूध किन्नैपर्ने बाध्यता छ, तर त्यो अनुसारको बिक्री छैन्”, प्रमुख अधिकारीले भन्नुभयो,” “त्यसैले हामी किसानसँग दूध खरिद गरेर अहिले मखन र पाउडर बनाएर भण्डारण गरेर राखिरहेका छौँं ।” दूध खरिद गरे अनुसारको बजारमा दुधजन्य समान बिक्री हुन नसक्दा किसानलाई दूधको मूल्य उपलब्ध गराउन समस्या भइरहेको उहाँको भनाइ छ ।
उत्पादित वस्तु समयमै बिक्री हुन नसक्दा किसानलाई रु सात करोड भूक्तानी गर्न नसकिएको कार्यालयले जनाएको छ । मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको उक्त  कार्यालयले खरिदभन्दा बजारमा बिक्री कम भएपछि हालसम्म भण्डारण कक्षमा करिब रु एक अर्ब ५० करोड बराबरको दूधजन्य पदार्थ थन्किएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनालाई अहिले दैनिक १५ हजार लिटर दूध खरिद गर्नुपर्ने बाध्यता छ । तर बजारमा अहिले बिक्री मुस्किलले तीन÷चार हजार लिटर दूध मात्र बिक्री हुने गरेको प्रमुख अधिकारीले बताउनुभयो ।
उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौँडा, नारायणघाट र काठमाडौँमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ ।
———

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन