६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको आदेश पालना गर्छौँ : रास्वपा

१३ जेष्ठ २०८२, सोमबार १६:५३
 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताउनुभयो ।
यस्तै, भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दैै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ ।
केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिनुभएको राजीनामा अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक