१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा ६० दिन थुनेपछि प्रहरीले २६ जनालाई निर्दोष भन्दै छाड्यो

१३ जेष्ठ २०८२, सोमबार १७:२४

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।

तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेर रिहा गरेको हो। उनीहरूलाई प्रहरीले ६० दिनसम्म थुनेको छ। आइतबार रिहा भएका केही व्यक्ति सुरुमै पक्राउ परेका थिए।

उनीहरूविरुद्ध प्रहरीले आपराधिक उपद्रवमा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। तर अन्तिममा ११ जनालाई आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाएर बाँकीलाई रिहा गरिएको हो।

पक्राउ परेर थुनामा रहेका मध्ये देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, इरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्र प्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामालाई हिरा गरिएको हो।

यस्तै भविन्द्र विसि, विकास ओली, जीवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सीता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईलाई पनि घटनामा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएको भन्दै रिहा गरिएको छ।

उनीहरूमाथि कुनै पनि कसुरमा मुद्दा नचल्ने निर्णय भएको हो। यस्तै अरु ११ जनालाई पनि प्रहरीले संगठित अपराधमा समेत संलग्न रहेको भन्दै म्याद थप गर्दै आएको थियो। संगठित अपराधमा मात्रै ६० दिनसम्म थुनामा राख्न पाइन्छ। तर प्रहरीले संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर मुद्दा भने आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाइएको हो।

मिसिल संलग्न प्रमाण कागजातबाट संगठित अपराध गरे भएको भन्ने तथ्य प्रमाणबाट खुल्न नआएको भन्दै संगठित अपराधतर्फ कुनै मागदावी लिइएको छैन। अरु ५० जनालाई भने राज्यविरुद्धको कसुरसहित संगठित अपराधमा पनि मुद्दा दायर भएको छ। यी प्रतिवादीहरूको सोमबारबाट जिल्ला अदालत काठमाडौँमा बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस र आदेश आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता कानुन बाहिर गएर दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्त भएको छैनः मन्त्री चौरसिया