2026-10-07 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणको छानबिनमा रहेका सहसचिव भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा छोड्यो

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको छ। जेठ ७ गतेदेखि तीन दिनसम्म अख्तियारमा हाजिर हुँदै आएका भट्टराईलाई अब १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको अख्तियार स्रोतले बतायो।

भट्टराईको मोबाइल फोन परीक्षण गर्न अख्तियारले प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। त्यसको रिपोर्ट नआइसकेको हुँदा अख्तियारले उनलाई १० दिनपछि मात्रै हाजिर हुन भनेको हो।

‘नियमित रूपमा गर्नुपर्ने अनुसन्धानका कामहरू भइरहेकै छन्। रिपोर्ट आएपछि उपस्थित हुने भनेर १० दिनपछि आउनलाई भनिएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तीन दिन नियमित हाजिर भएका थिए।’

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिचौलियासँगको सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गरेको उजुरी परेपछि जेठ ७ गते अख्तियारले छापा मारेको थियो। अख्तियारले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि त्यही दिन नियन्त्रणमा लिएको थियो। गृह मन्त्रालयले भट्टराईलाई अघिल्लो दिन नै तानेको थियो।

त्यसदिन अख्तियारले भट्टराईलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो। स्रोतका अनुसार उनलाई त्यसदिन सामान्य सोधपुछ गरिएको थियो। ‘सुरूमा उहाँसँग सामान्य सोधपुछ गरिएको हो। उहाँको मानसिक अवस्‍था के-कस्तो छ भन्ने लगायतका विषयमा सोधपुछ भएको हो,’ स्रोतले भन्यो।

यस्तै अख्तियारले ट्राभल एजेन्सी/ म्यानपावर एजेन्सीका केही व्यक्तिहरूमाथि पनि अनुसन्धानको घेरामा राखेको छ। एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूको मोबाइल पनि प्रयोगशालामा पठाएको छ।

अख्तियारले छापा मारेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको छ। पछिल्लो समय गृहमन्त्री रमेश लेखकसमेत विवादमा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना