१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जन्ते बाख्रो’ खुवाउने मौलिक चलचित्रको श्रव्यदृश्य सार्वजनिक

१४ जेष्ठ २०८२, मंगलवार १७:२७
काठमाडौँ । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ ।
यसै सन्दर्भमा ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित चलिचित्र निर्माण भएको छ ।
निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ चलचित्र तयार गर्नुभएको हो । उक्त चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुनुवारले स्पष्ट गर्नुभयो ।
“भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर चलचित्रको विषयवस्तु अगाडि बढेको छ । यसमा अन्य चलचित्र झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु ।”
चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले हाम्रा नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुने उहाँले बताउनुभयो ।
सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेख्नुभएको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गर्नुभएको हो । लेखक भारद्वाजले नेपाली चलचित्रमा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम चलचित्र ‘जन्ते बाख्रो’ बनेको बताउनुभयो । “हामीले चलचित्रमार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनु पर्छ । सोही कारण मैले ती तथ्यलाई समेटेर चलचित्रका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु । यो हामी चलचित्रकर्मीको कर्तव्य पनि हो”, लेखक भारद्वाजले भन्नुभयो ।
उहाँले श्रव्यदृश्य (ट्रेलर) अगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाउनुभएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायाङ्कन गरिएको सो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ  ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव