2026-10-07 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ताधारी दलको बालुवाटारमा छलफल,प्रतिपक्षी भने बैठकका लागि संसद्मामा कुरिरहेका

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो ।

प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।

आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो । बालुवाटारको बैठक भर्खरै सकिएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बालुवाटार बैठक सकिएको जानकारी गराउँदै विपक्षी दलहरूसँग संसद् खुलाउन छलफल हुने बताए ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले आफूहरू संसद् भवन नयाँ बानेश्वरमा बैठक कुरिरहेको बताए । खनालले भने, ‘हामी यहीँ छौं, सत्तापक्षको बैठक चलिरहेकाले ढिलाइ भएको जानकारी पाएका छौं,’ उनले भने, ‘संसद्मा हाम्रो नीति हिजो जे थियो, आज पनि त्यही कायमै छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद भवनमा हुनुपर्ने छलफल बालुवाटारमा भएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनको चल्ने/नचल्ने छलफल संसद् भवनमा हुनपर्नेमा बालुवाटारमा भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए