2026-10-07 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनओसीद्वारा एनएसजेएफको नवनिर्वाचित पदाधिकारीलाई बधाई

काठमाडौँ ।  नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमाङ्कन ‘क्लियर’ गरेर खेलकुदलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

एनओसीद्वारा आज यहाँ आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा उहाँले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवद्र्धन गर्न एनओसी र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहकार्य गर्दै अगाडि बढुनुपर्नेमा जोडसमेत दिनुभयो । त्यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदूदर्शीताले नेपाल खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्यौलमा परेको बताउनुभयो ।

उहाँले आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहन्छौँ र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा छ, भन्नुभयो ।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तरराष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था हो भन्नुहुँदै यी दुई संस्थाको सहकार्यको शृङ्खला लामो भएको बताउनुभयो । उहाँले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने भनाइ व्यक्त गर्नुभयो ।

एनओसीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो । गत वैशाख २५ गते भएको एनएसजेएफको २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए