३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले विपद् व्यवस्थापनमा पार्टीपङ्क्तिलाई सक्रिय गराउने

१५ जेष्ठ २०८२, बुधबार १६:४४

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्ने भएको छ ।

विभाग प्रमुख खिमलाल भट्टराईले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्वतयारी र सचेतनाका कार्यलाई प्राथमिकता दिने, केन्द्रमा विपद्सँग सम्बन्धित केन्द्रीय संरचना र जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अङ्गसँग समन्वय र सहकार्य गरी बाढी–पहिरो र डुबान जोखिम न्यूनीकरणका पक्षमा पहलकदमी गर्ने, रेडक्रससहित उद्धार तथा राहतका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाको पहिचान गर्ने र आवश्यकताअनुसार सहयोगको वातावरण निर्माण गर्ने पक्षमा विभाग क्रियाशील रहेको छ ।

त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन हरसम्भव प्रयत्न गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुनर्निर्माणमा तत्परता देखाउनेलगायतका समन्वयकारी भूमिकासहित व्यवस्थापकीय कामलाई पार्टीले प्राथमिकता दिएको नेता भट्टराईले जानकारी दिनुभयो ।

कार्ययोजनामा जिल्लामा स्थानीय विपद्सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणको बन्दोबस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोबाइल, टेलिफोनसँग सम्बन्धित सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसङ्गठनलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धमा आवश्यक स्वयंसेवक तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता जनताको सम्पर्कमा रहने तथा मौसमसम्बन्धी पूर्वजानकारी लिइ समयमै पार्टीपङ्क्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुरा पनि कार्ययोजनामा उल्लेख छ ।

विपद् व्यवस्थापन विज्ञ डा वसन्तराज अधिकारीले विपद्द्वारा सिर्जित जोखिम व्यवस्थापनबारे अवधारणा पत्र प्रस्तुत गर्दै विगतको तुलनामा यस वर्ष वर्षासँगै तापक्रम वृद्धि हुने देखिएकाले सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकार, समग्र पार्टी संयन्त्र, नागरिक समाज र आमजनता सचेत र सजग हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने