2026-10-07 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी पीडितलाई देखाइयो ‘महाभोज’

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’ सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनीपछि सहकारी पीडितहरूले कथामा आफैलाई पाएको प्रतिक्रिया दिएका छन् ।

पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वास्तविकता हेरेझैँ लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्र हेरिरहदा वास्तविकता हेरेझैँ लाग्यो । म आफैँ पनि एक सहकारीबाट पीडित भएका कारण आवाज उठाउने, अनसन बस्ने गरेकी थिएँ । यो चलचित्रले हामीजस्ता पीडितको आवाजलाई उजागर गरेको आभाष भएको छ । मैले चलचित्र हेरिरहँदा देखाइएको पात्र र कथामा आफूलाई महसुस गरेँ ।”

अभिनेत्री सिंहझैँ अभिनेता तथा निर्देशक निश्चल बस्नेतले समसामयिक विषयलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिएकाले दर्शकले ‘महाभोज’ हेर्दा मनोरञ्जन पनि पाउने बताउनुभयो ।

“चलचित्रमा उठाइएको विषयवस्तुलाई न्यायपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र समसामयिक र गहन विषयमा भएपनि यो उत्तिकै रोचक छ । यसले आमदर्शकलाई कौतुहलता पैदा गराउँदै मनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक बस्नेतले भन्नुभयो ।

सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनका क्रममा भोग्नुपरेको कठिनाइलाई चलचित्र ‘महाभोज’ मा प्रस्तुत गरिएको निर्देशक दिनेश राउतले बताउनुभयो ।

“सहकारीमा भएको रकम अपचलन र त्यसले समाजमा परिरहेको प्रभावलाई बुझ्दै गएपछि यो विषयलाई चलचित्रमा उठान गर्नुपर्छ भन्ने लाग्यो र चलचित्र तयार गरेको छु । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ ।

हामी चलचित्रकर्मीको यो दायित्व पनि हो, किनकि हामीले वेथितिलाई कलाका माध्यमले उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

चलचित्रमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्तरूपमा उठाइएको उहाँले बताउनुभयो । निर्देशक राउतका अनुसार उक्त प्रदर्शनीमा सहकारी पीडित ६० व्यक्तिले चलचित्र हेरेका थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए